नरेश गुप्ता
बरियारपुर – लक डाउनको बेला राहतको नाममा चार बर्ष पुरानो रहरको दाल बितरण गरेपछी राहत पिडितहरु आक्रोशित भएपछी स्थानिय प्रशासनले कोल्ड स्टोरमा शिलबन्दी गरेको छ । कलैया उपमहानगरपालिका ७ स्थित नेपाली कांग्रेसका पुर्व सासद राधेचन्द्र यादवको कोल्ड स्टोरमा गुनस्तरहिन रहरको दाल भेटे पछि शिलबन्दी गरिएको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले बताए ।
नेपाली कांग्रेस बाराको पुर्व सभापति राधेचन्द्र यादवको नाममा रहेको कोल्ड स्टोर कलैया उपमहानगरपालिकाको नगर प्रमुख राजेश राय यादवले संचालन गर्दै आएको हो । चार बर्ष पुरानो रहेको रहर दाल ३ सय ८० बोरा बरामद गरि चेकजाँचको लागि नमुना संकलन गरि खाध तथा गुनस्तर नियन्त्रण कार्यालय हेटौंडामा पठाईने प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
कलैया उपमहानगरपालिका २२ मा पनि गुणस्तरहिन खाधान्न चामल र दाल बितरण गरेपछी स्थानिय राहत पिडितहरु आक्रोशित भैइ राहत नै वडा कार्यालयमा फिर्ता दिइएको स्थानिय बिजय साहले बताए । लक डाउनको बेला कलैया उपमहानगरपालिकाको नगर प्रमुख राजेश राय यादवले गुणस्तरहिन राहत सामग्री उधारोमा वडा अध्यक्षलाई दिई कमिसनको चलखेल गरेको स्थानियहरुले बताएका छन् ।
कोरोना कोभिड १९ को संक्रमण रोकथाम गर्न सरकारले लगाएको लक डाउनमा प्रदेश सरकारले दिइएको राहत अनुदान र स्थानीय तहले अनियमितता गरेपछी स्थानीयहरु आक्रोशित भएका छन् । राहतको नाममा गुणस्तरहिन खाध्य बस्तु बितरणले राहतको घाउमा मलम होईन , घाउ झण बल्झाईएको स्थानिय आरोप लगाएको छन् । चेकजाँचको लागि पठाईएको रहर दालको नमुना गुणस्तरहिन पुष्टि भएमा अखाद्य बस्तु बिक्रि बितरणमा कोल्ड स्टोर संचालकलाई कार्वाही गर्ने बाराको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनाए ।


















