बरियारपुर,बिवाहको जीपमा आगजनी गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि सिम्रैनगढ नगरपालिका वडा नम्बर ७ खजानी निवासी जयन्त कुशवाहाले राजनितिक प्रतिशोधमा आफुलाई फसाउन लागिएको बताउनुभएको छ । स्थानीय संचारकर्मीसंग कुरा गर्दै कुशवाहले आफु घटनामा संलग्न भएको पनि बताउनुभएको छ ।

सिम्रौनगढमा जन्तिमा आएको बि आर ०१ एआरवाइ ९३६८ नम्बरको भारतीय जीपलाई पछाडिबाट आफनो जीपले ठक्कर दिइएको आरोप लगाउदै स्थानीय लवकुश कुशवाहाले आफुमाथि आक्रमण गरेको कुशवाहाले बताउनुभयो ।

स्थानीय लवकुशले नै गाडीको साँचोको झुपोले जयन्तलाई प्रहार गरेपछि दुबैबीच विवाद भएको र थप आक्रमण गर्न खोज्दा स्थानीयहरुले रोकेका थिए ।

सो घटनापछि लवकुशल एकान्तमा लगेर गाडी जलाएको र अहिले आफुलाई फसाउने मनसायले प्रहरीमा उजुरी गरेको जयन्तले बताउनुभयो । घटनाको भोलिपल्ट भारतीय नम्बर प्लेटको उक्त जीप जलाएको अवस्थमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लबकुसले दिएको किटानी जाहेरीको आधारमा जयन्तमाथि उपद्र सम्बन्धि मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक दिपक सुवेदीले बताउनुभयो ।

सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख एंव जयन्तकी श्रीमति रिमादेवी कुशवाहले पनि आफनो श्रीमान निर्दोष रहेको र राजनितिक प्रतिशोध साध्न फसाउन खोजेकोले सत्यतथ्य अनुसन्धान गर्न स्थानीय प्रहरी प्रशासनसंग माग गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here