नरेश गुप्ता

बरियारपुर,बाराको सिमावर्ती क्षेत्रमा अवस्थित प्रहरी चौकी मटिअर्वा बर्षाको पानीले डुबानमा पर्ने गरेको छ । बिगत एक हप्तादेखिको अविरल बर्षाका कारण प्रहरी चौकी डुबानमा पर्दै आएको हो ।

बर्षाको भल पानीको व्यवस्थित निकास नहुदा प्रहरी चौकी लामो समयदेखि पोखरीमा परिणत भएको छ । प्रहरी चौकी डुबानमा परेर पोखरी बनेपछि सुरक्षाकर्मीलाई डिउटी गर्न बाहिर जान र फर्केर आउन पनि समस्या पर्ने गरेको प्रहरी चौकी मटिअर्वाका प्रहरी नायब निरीक्षक टीका बारालले जानकारी दिनुभयो । यसबाट सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाहा गर्न र अपराध नियन्त्रणमासमेत अप्ठ्यारो परेको उहाँको भनाइ छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर १० मा पर्ने प्रहरी चौकी भवन सार्वजनिक स्थानमा स्थापना गरिएको छ । चौकीलाई व्यवस्थित पार्न स्थानीय तहले खासै ध्यान नदिएकाले प्रहरी चौकीसम्म पुग्ने सडक पनि हिल्याम्य छ । प्रहरी चौकी व्यवस्थित पार्न वडा अध्यक्ष शंकर गुप्तालाई पटकपटक जानकारी गराउदा पनि कुनै सुनुवाइ नभएको बताइएको छ ।

देशमा संघियता लागू भएपछि गाउँगाँउमा सिंहदरवार आएको भनिएपनि सार्वजनिक सरोकारको विषयमा स्थानीय तहका जनप्रतिनिधिहरुको अझै पनि ध्यान जान नसकेको स्थानीयले गुनासो गरेका छन ।

Leave a Reply