डुमरवाना,दशौं कर दिवसको अवसरमा आन्तरिक कर कार्यलय सिमराले मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

कार्यालयले आफनो सेवा क्षेत्रभित्रका उद्योगी व्यावसायीहरुबीच कर सम्बन्धि चेतनामुलक अभिमुखीकरण शिक्षा र रक्तदान जस्ता कार्यक्रम आयोजना गरी मनाएको हो । स्वच्छिक कर सहभागितामा अभिबृद्धि ।

सुशासन, बिकास र सम्बृद्धि भन्ने नाराका साथ राजस्व कार्यलय सिमराले कार्यक्रम आयोजना गरेको हो । करदाताले सरकारबाट चाहे जति सुविधा नपाएको गुनासो आइरहेको बेला कर कार्यलय सिमराका प्रमुख नारायणप्रसाद भण्डारीले भने कर्मचारीले सेवाग्रहीहरुलाई मुस्कान सहितको सेवा प्रदान गरिरहेको बताउनु भएको छ । यता केही करदाताहरुले भने जनताले तिरेको कर उपलब्धिमूलक नभएको र कर तिरे बापत प्रतक्ष्य फाइदा पाए मात्र सर्वसाधारणमा कर तिर्ने उत्साह जाग्ने प्रतिक्रिया दिएका छन ।

Leave a Reply