राजन कुमार बानिया
पोखरिया – पर्साकाे छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा थप तीन महिला गरि सात जनालाई राखिएको प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साहले जनाएका छन् । छिपहरमाई गाउँपालिकाको वाड नं ५ भिस्वामा रहेको श्री मंगल माध्यमिक बिधालय भिस्वामा रहेकाे क्वारेन्टाइनमा बिहिबार तिन महिला , चार पुरूष गरी ७ जनालाई राखिएकाे र अहिले सम्म १८ जना क्वारेन्टाइनमा रहेको क्वारेन्टाइनको अनुगमन गर्दै प्रमुख प्रशासकिय अधिकृत साहले वताउनु भयाे ।
बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोन भाईरसबाट बचाउन भारतबाट गाउँपालिका तरफ आउनेहरुलाई सुरक्षित क्वारेन्टाइनमा राखने गरिरहेको अधिकृत साहले बताए । क्वारेन्टाइनमा थप भएकाहरु भारतकाे दिल्ली ,पंजाब ,बनारस,लखनउ,लगायत ठाउँबाट आएका थिए । क्वारेन्टाइनमा राखिसएकाहरुलाई १४ दिन सम्म क्वारेन्टाइन मै राखिने अधिकृत साहले जनाएका छन् । बिरगंज बाहेक ग्रामिण क्षेत्रको पहिलो छिपहरमाईकाे क्वारेन्टाइमा बस्नेको संख्या १८ बुगेको बताए ।
गाउँपालिकाले २० बेडकाे क्वारेेेन्टाइन तयारी गरेकाे थियाे अहिले आवश्यकता अनुसार पछि बेड थपिदै जाने पनि अधिकृत साहले बताउनु भयाे हो । क्वारेन्टाइनमा बस्नेहरुलाई गाउँपालिकाले खाना, नास्ता, स्वास्थ्य चेकजाँच ,स्वास्थ्य समाग्री र औषधी समेत निशुल्क ब्यवस्थापन गरिएको छ। क्वारेन्टाइनमा २ जना स्वास्थ्यकर्मीहरु परिचालन गरिएको अधिकृत साहले बताए । अनुगमन टोली मा गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साह, स्वास्थ्य प्रमुख शनि कुमार लगायत को टोली रहेको थियो ।