नरेश गुप्ता

बरियारपुर – कलैया बिरगंज  सडकखण्ड अन्तर्गत बंगरी पुल नजिक खाधान्न लोड गरिएको मलबाहक ट्रक ठूलो दुर्खटना बाट जोगिएको छ । सिमाक्षेत्र रक्सौल बाट बिरगंज भन्सार हुँदै नेपाल भित्रिएको बि आर ०३ जि ए ९५४५ नम्बरको  भारतिय मालबाहक ट्रक फेटा गाउपालिका १ स्थित बंगरी पुल मुनि खस्न्न लाग्दा ठूलो दुर्खटनाबाट जोगिएको ट्राफिक पोष्ट कलैयाको ट्राफिक नायब निरीक्षक  सुरेश कुमार यादवले बताउनु भयो ।

 

 

 

भारतबाट आयत गरि ल्याईएको धान लोड गरिएको ट्रक प्रसौनी स्थित एक राईस मिलको लागि ल्याईएको भएपनी चालकले रातिको समयमा बंगरिपुल सम्म ल्याईएपछी पुन सो ट्रकलाई घुमाई  प्रसौनी ल्याउने बेलामा चालकको लापरबाहीले ट्रक पुलको छेउमा पुगेको थियो ।

 

 

 

 

पुल छेउमुनी पुगेको ट्रकलाई क्रेनको मदतले बाहिर निकालिएको  थियो ।बारामा लक डाउनको बेला अति आवश्यक उपभोगय सामग्री ओसारपसार गर्न माल बाहक ट्रक , ट्रक्कटर ,मिनि ट्रक ,एम्बुलेन्स , प्रेसको गाडी बाहेक अन्य सवारीसाधन मोटरसाइकलको प्रयोग  आफ्नो ब्यक्तिगत काममा सडकखण्डमा गुडेको  ट्राफिक नायब निरीक्षक सुरेश कुमार यादवले बताउनु भयो ।

Leave a Reply