कलैया,स्थानीय तहको निर्वाचनको लागि पार्टीको टिकट बिक्री गरिएको भन्दै नेपाली कांग्रेस मधेस प्रदेश समितिका सहमहामन्त्री जयनारायण यादवले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

उहाँले सोमवार कलैयामा पत्रकार सम्मेलन गर्दै प्रदेश समितिका सभापति कृष्ण यादवलाई राजीनामा बुझाउनुभएको हो । उम्मेदवारमा सिफारिस नै नभएका व्यक्तिहरूलाई पार्टीको प्रदेश सभापति यादवले उपसभापति चन्द्रशेखर यादवसित मिलेमतोमा आर्थिक चलखेल गरी टिकट वितरण गरेको उहाँले आरोप लगाउनुभयो । मधेस प्रदेश समितिका सहमहामन्त्री जयनारायण र उपसभापती चन्द्रशेखर दुुबैजना बारा जिल्ला निवासी हुुनुहुन्छ ।

वडा अध्यक्षदेखि नगर प्रमुख÷उपप्रमुख र गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्षको लागि टिकटमा मनोमानी गरिएको उहाँले बताउनुभयो । यसबारे पार्टीभित्र छानबिन हुनुपर्ने उहाँको माग छ ।

प्रदेश समितिका सभापति कृष्ण यादवले भने रितपूर्वक सिफारिस भई नआएकाले उम्मेदवारका आकांक्षीहरूलाई सबैको सहमतिमै टिकट वितरण गरिएको बताउनुभयो । पार्टीका केन्द्रीय सहमहामन्त्रीद्वय फरमुल्लाह मंसुर र उमाकान्त चौधरी, प्रदेश सिमितिका पदाधिकारीहरूको सहमतिमा टिकट वितरण गरिएको र कुनै प्रकारको आर्थिक चलखेल नभएको उहाँले दाबी गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here