कृपा संवाददाता

मनहर्वा – विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले मुलुक लडकडाउन गरेको छ । यही चैत्र ११ गतेबाट गरेको लकडाउनका कारण दैनिक ज्याला गरी गुजारा गर्दै आएका असंगठित क्षेत्रका मजदुर, विपन्नहरु मरमा परेका छन् । उनीहरुको जिवन रक्षाका लागि सरकारी निर्णय अनुसार धमाधम खाध्यान्न लगायतका सामाग्री वितरण भैरहेका छन् । स्थानिय सरकारले निश्चीत बजेटको ब्यवस्थापनमा अती विपन्न समुदायको छनौट गरी खाध्यान्न वितरण गरेका हुन् ।

 

 

 

जीतपुरसिमरा उपमहानगरपालिकाको १७ ले १ सय ७९ विपन्न परिवारको पहिचान गरी आजबाट राहत वितरण सुरु गरेको छ । वडा अध्यक्ष नवराज खड्का अनुसार अतीनै कमजोर मजदुरी गरी विहान बेलुकीको छाक टार्दै आएका परिवारमा दाल, चामल, तेल, नुन र साबुन वितरण सुरु गरेको बताए । तीनजना सम्मको परिवारमा २० केजी चामल २केजी दाल,१ लिटर तेल, १÷१ केजी नुन चिनी र २ वटा हात धुने साबुन वितरण गरिएको छ ।

 

 

 

 

त्यस्तै तीनजना भन्दाबढी सदस्य भएको परिवारमा ३० केजी चामल, ३ केजी दाल, २ लिटर तेल, २/२ केजी नुन चिनी र ४ वटा हात धुने साबुन वितरण गरिएको खड्काले जानकारी दिए । यसरी ४जना माथी सदस्य परिवार भएका १२७ र ३जना सदस्य भएका ५२ परिवार गरी १७९ परिवारमा खाध्यान्न राहत वितरण गरिएको उनले बताए ।
यसैगरी कलैया उपमहानगरपालिका २१का वडा अध्यक्ष पुनदेव प्रसाद रौनियारले आफ्नो वडाका ४५० वढीलाई आजबाट राहत वितरण सुरु गरिएको बताएका छन् ।

 

 

 

 

अति विपन्न परिवारको पहिचान गरी १५ केजी चामल ५केजी आलु, आधा लिटर तेल, चना त्यस्तै १/१ केजी दाल, नुन र १ वटा हात धुने साबुन वितरण सुरु गएिको उनले जानकारी दिए । राहत जनप्रतिनीधिहरु, जनपथ प्रहरी, शसस्त्र प्रहरी र पत्रकारको रोहवरमा वितरण गरिएको हो ।

Leave a Reply