मध्यपूर्वी देश इजराइल अहिले संयुक्त राष्ट्रसंघसंग रिसाएको छ । उसले राष्ट्रसंघका महासचिव विरुद्ध पनि धावा बोलेको छ । हमासले इजरायलमाथि आक्रमण गरेपछि मानवता र युद्धको विपक्षमा बोलेका इन्टेनियोमाथि इजरायल आक्रामक बनेको हो । उता, गुटेरसका विरुद्धमा आवाज उठे पनि अहिले भने गुटेरस नेपाल भ्रमणमा आउनु भएको छ । नेपाल राष्ट्रसंघको सदस्य राष्ट्र भएका नाताले उहाँको नेपाल आवागमन सामान्य जस्तो लागे पनि फेरि निकै महत्वपूर्ण भने छ । राष्ट्रसंघका उच्च ओहदामा व्यक्तिको नेपाल आवागमन आफैमा महत्वपूर्ण हो । यसैमा नेपाल प्रधानमन्त्री पुष्पकमल दाहालले पनि गुटेरसको आवागमनले नेपालको कुटनीतिक सफलता भएको बताउनु भएको छ । उहाँले भन्नु भए जस्तै महासचिवको आवागमनले पक्कै पनि नेपाललाई फाइदा नै भएको छ र हुने पनि छ । यद्यपि नेपालले महासचिवलाई धेरै कुरा बताउन भने सक्नेछैन । नेपालमा शान्ति संझौता भएर सशस्त्र संघर्षको अन्त्य भएको लामो समयसम्म्म पनि नेपालले अझै प्रचण्डकै अगुवाइमा भएको सशस्त्र संघर्षको छिनोफानो भएको छैन । यो विषयमा सरकार र स्यवम् प्रचण्ड आफै पनि जवाफबिहिन भएकाले पनि यो विषयमा सरकार गम्भीर बन्न आवश्यक छ । नेपालमा सशस्त्र संघर्षमा देखिएका समस्याहरु समाधान गर्न ढिला भइसकेको छ । महासचिवको आवागमनले यसले अब यो समस्याले मुर्त रुप लिने विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here