अहिले विश्वलाई नै आतंकित बनाउँदै आएको कोरोना भाइरसका कारण गरिब र विपन्न देश मात्र होइन, शक्ति सम्पन्न देशहरू पनि यसको चपेटामा परेका छन् र यसबाट उन्मुक्ति पाउन गरेका हरप्रयास आवश्यकताको तुलनामा न्यून देखिएका छन् । अहिले युरोप र अमेरिकामा कोरोना संक्रमणले कठोर रूप लिएपछि जनजीवन अस्तव्यस्त बनेको छ ।

 

 

 

 

नेपालमा पनि यो संक्रमण दोस्रो चरणमा प्रवेश गरेको घोषणासँगै सरकारले संक्रमणविरुद्ध लड्न गरेको प्रयासलाई केहीले तीव्ररूपमा विरोध गर्दै आइरहेका छन् भने केहीले राज्यको क्षमताअनुसारको काम गर्दै आएको भन्दै सरकारलाई अझै दत्तचित्त भएर लाग्न आग्रह गरिरहेका छन् ।नेपालको सुदूरपश्चिम क्षेत्र यो संक्रमणबाट बढी प्रभावित हुने सम्भावना बढेको छ । छिमेकी मुलुक भारतमा उक्त संक्रमण देखापरेपछि भारतमा कामको खोजीमा निस्किएका नेपालीहरू बेपर्वाहरूपमा नेपाल प्रवेश गरेको र भारतबाट नेपाल आएका व्यक्तिमा नै कोरोनाको संक्रमण देखापरेपछि अहिले सो क्षेत्रमा रोगको संक्रमण फैलने चिन्ता बढेको छ ।

 

 

 

 

सरकारले सुदूरपश्चिम क्षेत्र कोरोनाको इपी सेन्टर बन्ने हो कि भन्ने आशंका गर्दै अहिले त्यस क्षेत्रमा बढी कडाइ र निगरानी बढाउन प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गरेको छ ।विशेष गरी सुदूरपश्चिम क्षेत्रका जनतालाई सरकारले पटक पटक क्वारेन्टाइनमा बस्न र हुलहुज्जत नगर्न गरेको आग्रहलाई टेरेको देखिँदैन ।

Leave a Reply