निजगढ,प्रहरी नियन्त्रणमा रहेका ट्रक चालकमाथि भएको आक्रमणको विरोधमा बाराको निजगढस्थित पुर्व–पश्चिम राजमार्ग सवारी र ढुवानी साधनका चालकहरुले शनिवार २ घण्टा अवरुद्ध पारेका छन ।रौतहटको फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तियामा सडक दुर्घटनापछि प्रहरी समक्षमा आत्मासमर्पण गरेका निजगढ नगरपालिका वडा नम्बर ६ धियालटोल बस्ने ट्रकका चालक मुकुन्द पोखरेलमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै चालकहरुले निजगढस्थित शहिद चोकमा दिउसो ३ बजेबाट ५.१५ बजेसम्म सडक अवरुद्ध पारेका हुन ।प्रहरीमा आत्मासमर्पण गरीसकेका चालकलाई निर्घात कुटपिट गर्नेमाथि कारबाही गरिनुपर्ने अन्यथा आइतवारबाट देशभरि नै चक्काजाम गरिने नेपाल यातायत स्वतन्त्र मजदुर संगठन ट्रक चालक कमिटीका अध्यक्ष नवराज कार्कीले बताउनुभयो ।
रौतहटको कोपवा बजारमा सिमेन्ट पु¥याएर निजगढतर्फ फर्किदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले ना ५१ पा ४९४१ को मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक फतुवा बिजयपुर वडा नम्बर १ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको थियो । घटनालगतै स्थानीयले ट्रक चालक पोखरेलमाथि बाँसको लाठी र फार्साले निर्घात रुपमा पिटेका थिए ।पोखरेललाई इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट गएको टोलीले सुरक्षा दिँदा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले बताउनुभयो ।ट्रक चालक पोखरेलको हाल वीरगञ्जस्थित एक अस्पतालमा उपचार भइरहेको र अवस्था खतराबाहिर रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here