वीरगञ्ज,वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रामटोल निवासी सिताराम सर्राफको हत्या गरेको आरोपमा उनको ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका व्यक्ति बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १ राजदेवी टोलका साजन सर्राफ रहेको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक भारतीका अनुसार साजन सर्राफ हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १० प्रगति टोलमा बस्दै आएका थिए । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले साजनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ससुरा र ज्वाइँबिच विवाद भएको थियो, जसले हिंसात्मक रूप लियो । विवादका क्रममा साजनले सिताराम सर्राफमाथि कुटपिट गरेका थिए, जसबाट गम्भीर घाइते भएका सर्राफको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Leave a Reply