राजन कुमार बानिया
पोखरिया – प्रहरीले पर्साको बहुदरमाई नगरपालिकाको वडा नं. ५ पटनीबाट लागु औषध गाँजा समेत ३ जना गाँजा तस्कर हरु लाई पक्राउ गरेको छ । प्रहरी चाैकी महुवन को गस्ती टोली ले गयराती ९:३० बजे पटनी गाउँ को नजिक बाट भारतिय नं को मोटरसाइकल चेकजाँच गर्ने क्रममा १८ किलोग्राम लागु औषध गाँजा समेत तिन जनालाई पक्राउ गरेका छन ।
पक्राउ पर्ने हरु मा पर्साको बहुदरमाई नगरपालिका वडा नं. ५ पटनी निवासी ५५ बर्षिय राधाकृष्ण राउत अहिर, सोही ठाउँ निवासी ५० बर्षिय लक्ष्मण महतो कोइरी र पकहा मैनपुर गाउँपालिका वडा नं. १ धोरे निवासी मन्द्रिका सहनीलाई पक्राउ गरिएको छ।
पक्राउ परेका गाँजा लोड रहेको बिआर ०५ एफ ६५६६ नम्बर को भारतिय नंम्बर को मोटरसाइकल र तस्करहरु लाई विशेष कार्वाही को लागि ईलाका प्रहरी कार्यालय पोखरिया मा राखिएको प्रहरी निरिक्षक चन्द्र कुमार सिहले जनाएका छन् ।