जियालाल चौधरी

कोल्हबी,बाराको कोल्हवी नगरपालिका वडा नम्बर– ६ कुमरगढी गाउँमा पार्किङ गरी राखिएको यात्रुबाहक बसमा आगजनी भएको छ ।

स्थानीय शिक्षक तेजप्रकाश चौधरीको पार्किङ गरी राखिएको ना ७ ख ३५३५ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको स्थानीय बासिन्दाहरूले बताएका छन् । ग्रामीण भेगबाट वीरगन्जसम्म सञ्चालन गर्दै सर्वसाधारणलाई सुविधा दिँदै आएको सो बसमा कसले र किन आगजनी गरेको आफूलाई थाहा नभएको शिक्षक चौधरीले बताउनुभयो । स्थानीय शिक्षक श्री राम साहले छठीघाटमा पार्किङ गरी राखिएको बस केही पर गुडाएर सिसाहरू फुटाएर पेट्रोल छर्केर बसमा आगजनी गरिएको बताउनुभयो । बस जलेर पूर्ण रुपमा नष्ट भएको बताइएको छ । घटना कसले र किन गरेको भन्ने खुल्न यकिन हुन नसकेको र आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here