अहिले बिश्व नै कोरोना भाइरसका कारण आक्रान्त छ । नेपाल चौतर्फी घेराबन्दीमा परेको छ । नेपालमा जहाँ जुनसुकै समयमा पनि कोरोना भाइरस देखिन सक्ने र त्यसले महाहारीको रुप लिने सक्ने खतरा उच्च छ । यस्तो अवस्थामा सावधानी अपनाउनुको बिकल्प छैन । नेपाल धेरै हिसावले जोखिममा रहेको देश हो । त्यसैले पनि सावधानी अपनाउन आवश्यक देखिन्छ ।

 

 

 

आइतबार सांझ बसेको मन्त्री परिषदको बैठकले नेपालसंग सीमा जोडिएको भारत र चीनको नाका बन्द गर्ने निर्णय गरेको छ । सरकारको यो कदम निकै सहनीय छ । अब यो प्रभावकारी कार्यान्वयन हुनु पर्दछ । अब माया वा दया देखाउने ठाउ छैन । जो सुकै भएपनि स्वास्थ्य जांच गरी परिक्षण गर्नु पर्दछ ।

 

 

 

 

प्रभावकारी हुन सकेन भने देशमा महामारी फेलिन्छ र जसका कारण ठूलो क्षति हुन्छ । त्यसैले पनि सरकारले गरेको निर्णय सबैले मान्न आवश्यक छ । सरकारी नीतिको अवज्ञा गर्दा त्यसले मुलुकलाइ नै क्षति गर्छ । त्यसैले बारा र पर्सा क्षेत्रको सीमा पनि तत्काल बन्द गर्न आवश्यक छ ।

Leave a Reply