करिब ६ महिना अगाडि मध्य पूर्वी देशहरु इरान र इजरायलकाबीचमा मात्र होइन, प्यालेटाइन तथा अन्य देशका भएको लडाइले बिश्व नै युद्धमा जाने खतरा रहेको आँकलन गरिएको थियो तर बिश्वको साम्राज्यवादी देश अमेरिकाले तत्कालका लागि त्यो युद्ध रोक्न सफल भएको थियो तर त्यत्ति बेला पनि त्यहाँ ठूलो मानवीय र भौतिक क्षेति भएको थियो । अहिले फेरि समय फेरिएर शनिबार एकाएक अमेरिकाले मध्य पूर्वको ठूलो र शक्तिशाली इष्लामिक देश इरानमाथि आत्रमण गरेको छ । यसले बिश्वमा फेरि लडाई चर्कने संभावना देखिएको छ ।
बिश्वका केही देशहरु यसै पनि लडाईमा नै छन् फेरि यसैमा बिश्वका दुई ठूला देशहरु युद्धमा होमिनुले बिश्वको अवस्था ठीक नभएको संकेत गर्दछ । इरानमाथि हवाइ हमला भएपछि मध्यपूूर्वमा तनाब चुलिएको छ । अमेरिकाले बिश्वमा एक प्रकारको दादागिरी पनि देखाएको आरोप लाग्दै आइरहेको छ । केही समयअगाडि मात्र भेनेजुइला भन्ने देशमा अमेरिकाले आक्रमण गरेर देश नै तहसनहस बनाइ दिएको थियो ।अब इरानमाथिको आक्रमणपछि बिश्व समेत सकंकित हुने संभवना मात्र होइन, धुव्रीकरण हुने खतरा बढेको छ । यो लडाईमा बिश्वका शक्तिशाली अन्य देशहरु चीन, रुसहरु सहभागी भए भने तेश्रो बिश्वयुद्ध टाढा छैन ।नेपालमा यसै परिवेषमा चुनाव हुदैछ । चुनावको परिणाम के आउछ र कस्तो सरकार बन्छ स्पष्ट छैन तर चुनाव हुनुपूर्व नै धेरै चलखेलको खतरा समेत बढेको छ तैपनि हेरौं अब करिब चार दिन मात्र ।
















