निजगढ,दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार भएको खेलमा वडा नम्बर ७ र वडा नम्बर १३ को टोली विजयी भएका छन ।निजगढको शहिद हिरालाल रंगशालामा आज भएको पहिलो खेलमा वडा नम्बर ७ ले वडा नम्बर ४ को टोलीलाई १-० ले पराजित गरेको हो भने वडा नम्बर १३ ले वडा नम्बर ११ लाई पनि १÷० ले नै पराजित गरेको हो ।

वडा नम्बर ७ को जितमा शिभम् सञ्जेलले निर्णायक गोल गरेका थिए । दोस्रो हाफको ६औं मिनेटमा सञ्जेलले निर्णायक गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच सञ्जेल नैं घोषित भए । उनलाई स्व. विकल रेग्मीका आमा कमला रेग्मी ट्रफी प्रदान गर्नुभएको थियो ।

त्यसैगरी आजै भएको दोस्रो खेलमा वडा नम्बर ११ लाई पराजित गर्दै वडा नम्बर १३ विजयी बनेको छ ।निक्कै प्रतिश्पर्धात्मक खेलमा वडा नम्बर १३ ले पेनाल्टीको सदुपयोग गर्दै जित निकालेको हो । विपक्षी टोलीका खेलाडीले डिबक्सभित्र फल गरेपछि वडा नम्बर १३ ले पाएको पेनाल्टी अवसरमा समिर गोङ्गवाले गोल गरेका थिए । सो खेलमा टोलीको लागि जित दिलाएका गोङ्गवा नै म्यान अफ दि म्याच घोषित भए । उनलाई स्व. विकल रेग्मीका आमा कमला र निजगढ नगर खेलकुुद विकास समितिका सदस्य एंव फुटबल प्रशिक्षक धनबहादुर लामाले संयुुक्त रुपमा ट्रफी प्रदान गरेका थिए ।

आजको दुुबै खेलमा मुुख्य रेफ्री लिलाम्बर चौधरी र नीलकमल चौधरी, सहायक रेफ्री राजुु चौधरी, फोर्थ अफिसियल रियाजुल स्लाम रहेका थिए । बुधवार हुुने क्वाटरफाईनलको खेल पहिलो खेलमा दिउसो २ बजे वडा नम्बर ३ र वडा नम्बर ९ तथा दोस्रो खेलमा दिउसो ३ बजे वडा नम्बर १ र वडा नम्बर १० भिड्ने छन ।

Leave a Reply