काठमाडौं,चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले अनशन तोडनुभएको छ । डा. केसीले गेटा मेडिकल कलेजमा उपचारत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर मंगलवार २ बजे अनशन तोडनुभएको हो ।गत आइतबारदेखि अनशन बस्नुभएका डा. केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो । मंगलवार बिहान केसीको मुटुको चालमा गडबडी देखिएको उहाँका सहयोगी डा. अमृत जैसीले बताउनुभयो ।

‘उहाँको स्वास्थ्य अवस्था क्रमश बिग्रँदै गएको छ । मांसपेशी दुख्ने, बाउँडिने लगायतका समस्या देखिएको छ’ डा. जैसीले भने, ‘चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न मान्नुभएको छैन ।’डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै गत आइतबार दिउँसोदेखि सत्याग्रह सुरु गर्नुभएको थिया

Leave a Reply