गत चैतमा शिक्षकहरुले एक महिना आन्दोलन गरे । सरकारले विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेको मिति आउन अब प्रन्ध दिन मात्र बाँकी छ । तर सरकार र शिक्षक महासंघसँग विवादित विषयमा सहमति हुन नसक्दा तोकिएको मितिमा ऐन आउने अनिश्चित प्रायः भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५ मा विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । अब सो प्रतिबद्धता कार्यान्वयन हुने सम्भावना क्षीण बनेको छ । अर्थात् १७ दिन बाँकी रहँदा ऐन ल्याउने विषयमा सुरसार छैन ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ मा ऐन ल्याउने गरी तयारी भइरहेको बताउनुभएको छ तर मन्त्रीले भनेजस्तो सो मितिमा ऐन आउने सम्भावना छैन । लगातार दुई सातादेखि संसद् अवरुद्ध हुँदा बजेटको बारेमा छलफल हुन सकेको छैन । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने प्रतिपक्षको अडानको कारण संसद् गतिहीन छ । बजेटका विषयमा छलफल नभई विद्यालय शिक्षा विधेयकको विषय प्रवेश गर्ने सम्भवना छैन । महासंघसँग कुरा नमिल्दा विधेयकबारे छलफल गर्न बोलाएको समितिको बैठक स्थगित भएको छ ।

अस्ती शुक्रवार छलफल भएपनि पार लागेन । समितिमा छलफल भएपछि सो विधेयक बल्ल प्रतिनिधिसभामा पेस हुनेछ । प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रिय सभामा पुग्नेछ । प्रतिनिधि र राष्ट्रिय सभाले पारित गरेपछि राष्ट्रपतिले लालमोहर लगाउने र कार्यान्वयन गर्ने कानुनी व्यवस्था छ ।प्रन्ध असारमा यो आउने संभावना कम भएपछि शिक्षकमाथि घातको आशंका छ ।

Leave a Reply