हेटौंडा – हेटौंडा ५ पिप्लेमा रहेको वालज्योती माविको ४४ औं बार्षिक उत्सव समापन तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विद्यालयमा पढाई संगै अतिरिक्त कृयाकलापमा जोड दिनुपर्ने वताउनुभयो ।
सामुदायिक विद्यालयको शिक्षा प्रभावकारी भएमा निजीमा विद्यार्थी जानुपर्ने बाध्यता पनि हट्दै जाने वताउनुभयो । सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा दिनका लागि सवै तयार हुनुपर्ने वताउनुभयो । हेटौंडा ५ का वडा अध्यक्ष राजेश वानियाँ लगायतकाले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।