नेपाली मिडियाका सवालमा नेपालका राजनीतिक दलहरु जिम्मेवार छन् । उनीहरु प्रेसलाई स्वतन्त्र राख्छ चाहन्छन् भन्ने कुरा कसैले सोचेको भए त्यो भ्रम हो । नेपाली प्रेस कहिल्यै पनि स्वतन्त्र हुन सकेको छैन । पत्रकारिता पेशा आफैमा मर्यादित र ब्यवसायिक पेशा हो । पक्कैपनि हरेक पेशामा बिकृति छन् यसमा पनि छैनन् भनेर भन्ने ठाउं छैन तर अरु भन्दा बिलकुल फरक पेशा हो यो । तरपनि यो पेशामाथि धावा पटक पटक बोल्ने गरिन्छ ।
इतिहांस साक्षी छ,राजनीतिक दलहरुको चुपुवामा परेर करिब ४० जना पत्रकारहरुले ज्यान गुमाउन परेको छ । सबै पत्रकारहरुको ज्यान अनाहकमा गएको छ । राज्यको प्रृसप्रतिको हेर्ने दृष्टिकोण ठीक नभएका कारण पनि पत्रकारहरु राज्यबाट नै मारिएका छन् । यसका केही उदाहरण पनि छन् । हिजो जे भयो त्यस्ता घटना नदोहोरियोस् भनेर अहिले पत्रकार महासंघले बिशेष खबरदारी गरेको छ ।
प्रदेश नम्बर २ को पत्रकार महासंघले यहांको सरकारलाई पनि यो खबरदारी गरेको छ । सरकारको नीति स्पष्ट भएन भने पत्रकारहरुले मात्रै होइन समाजले नै दुःख पाउने हो । यदी यो देशमा संचारमाध्याम र संचारकर्मीहरु नभएको भए यो देशको अवस्था कस्तो हुन्थ्यो यै भन्न सकन्थेन ।त्यसैले हरेक दल पत्रकारमैत्री बन्नुपर्छ र हरेक सरकार संचारमैत्री बन्न आवश्यक छ ।