मनोज शाह
जीतपुर,बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका– ३ स्थित आइ जी ग्लोबल कर्म प्रालिका मजदुरहरू श्रम ऐनअनुसार तलब सुविधाको माग गर्दै विगत चार दिनदेखि धर्नामा बसेका छन ।बिजुली बत्तिको बल्ब उत्पादन गर्ने सो कारखाना व्यवस्थापन पक्षले श्रमिकहरुलाई श्रम ऐनअनुसार तलब–सुविधा नदिएकोभन्दै मजदुरहरू कारखानाको मुल गेट अगाडि धर्नामा बसेका हुन ।

कारखानाका मजदुर देउकली चौधरीका अनुसार, त्यहाँ कार्यरत मजदुरहरुलाई श्रम ऐन विपरित मासिक १० हजार तलबमा काममा लगाउँदै आइएको छ । ‘तर श्रम ऐन तथा नेपाल सरकारको नियमअनुसार तलब पाउनुपर्ने मागलाई व्यवस्थापन पक्षले बेवास्ता गर्दैआएकाले मजदुरहरु धर्नामा बस्नुपरेको हो ।’यता उद्योगका प्रतिनिधि राहुल कर्णले भने समस्या समाधानका लागि वार्तामा बस्न आफूहरू तयार रहेको बताउँदै, मजदुरहरूलाई काममा फर्किन र शुक्रबार वार्ताको लागि बोलाइएको जानकारी दिदै वार्ताबाट समस्याको समाधान खोजिने बताउनुभयो ।

Leave a Reply