वीरगन्ज – कोराना महामारिलाई नियन्त्रण गर्न वीरगन्ज महानगरपालिकामा बृहद छलफल भएको छ । विश्वम स्वास्थ्य सगठनले महामारीको रुपमा घोषढा गरेको कारोना रोगबाट महानगरवासीलाई बचाउन सर्वपछिय छलफल भएको हो ।वीरगनज महानगरपालिकाको नगर प्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा कोरनाबाट महानगरवासीलाई बचाउन आवश्य तैयारीको बारेमा भएको छलफलमा महानगपालिकाका जन प्रतिनिधिहरु विभिन्न अस्पतालका डाक्टर,औषधी बिक्रेता ,विभिन्न दलका प्रतिनिधि ,समाजित क्षेत्रमा कार्यगर्ने पदाधिकारी एवम संचार कर्मिहरुको उपस्थिती रहेको थियो ।
बैठकले कोभिड–१९ अर्थात क्रोना भाइरसको संक्रमणलाई भित्रिन नदिन वीरगन्ज महानगरपालिकामा ६० सदसिय समन्वय समिति गठन गरेको छ । प्रदेश नं. २मा रहेको एक मात्र वीरगन्ज महानगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा समन्वय समिति गठन भएको हो । वीरगन्ज महानपालिकाको सभा कक्षमा आयोजित उक्त सर्वपक्षिय बैठकले वीरगन्जका नगर प्रमुख बिजय कुमार सरावगीको संयोजकत्वमा समन्वय समिति गर्ने निर्णय गरेको हो ।
गठित समितिका सदस्यमा महानगरपालिकाका सबै वडा अध्यक्ष, वीरगन्जमा संचालित अस्पतालका प्रमुखहरु, विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी र समाजसेवी सदस्यमा रहेका छन् । क्रोना भाइरस संक्रमणको उच्च जोखिम्मा रहेको सिमावर्ती सहर वीरगन्जमा भारतबाट संक्रमण भित्रीन नदिन समन्वय समितिले सिमाक्षेत्रमा भएका निगरानीको अनुगमन गर्नुको साथै यसबाट बच्ने उपाएका वारे सर्वसाधारणलाई जनचेतना वृद्धीको कार्य गर्ने छ ।
बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले संक्रमण रोकथामका लागि ५ लाख रुपैया वीरगन्ज महानगरपालिकाले विनियोजना गरेको र आवस्यक भए अझै रकम विनियोजन गर्ने जानकारी दिनुभयो । उहाँले कोरोना रोगको सक्रमणबाट बचन वडा वासीमा व्यापक रुपमा सचेतना अभियान चलाउनुका साथै संकास्पद व्यक्तिहरुलाई राख्न नगरक्षेत्रमा कोरेन्टइन कक्ष स्थापन गर्ने, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य कमिहरुको सुरक्षाकालागि आवस्यक उपकरण तथा पोसाकको व्यवस्था गर्ने, सिमाक्षेत्रमा स्वास्थ्य परिक्षणकालागि आवस्यक उपकारणको व्यवस्था गर्ने निर्णय भएको बताउनुभयो ।
बैठकमा सहभागि रहेका नारायाणी अस्पतालका मेडिकल सुपरिटेन्डन मदन उपाध्यया, नेशनल मेडिकल शिक्षण अस्पतालका डा निर्देशक डा.प्रमोद सर्राफ, डा. रोशन अली लगायतका वक्ताले भाइरल इन्फुलेन्जाको सिजन हाल हरेकाले त्यस प्रकृतिका रोगीका लागि आवस्यक औषधीको प्रवन्ध औषधी व्यवसायि संघलाई गरि राख्न आग्रह गरिएको थियो । बैठकमा महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख एवम निमित प्रमुख प्रशासकिय अधिकृत अरुण कुमार महातोले महानगपालिकाले कोरोना रोगको बारेमा गर्दै आएका विभिन्न कार्य तथा आवश्यक तैयारीको बारेमा जानकारी समेत गराउने भएको थियो ।
उहाले कारोना रोगका सक्रमणबाट वडावासीलाई बचाउन स्वास्थ्य महाशाखाका कार्मचारीहरु अहोरात खटिरहेको जानकारी गराउनु भयो ।कार्यक्रममा महानगरमा रहेको सबै वडाहरुमा कारोना रोगको सचेतनाबारे प्रचार प्रसारका समाग्रीहरु समेत बिचरण गरिउको थियो ।