सिमरा,मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीय कानुनको अभावमा प्रदेश समृद्धिको अभियान रोकिएको बताउनु भएको छ ।
सिमरामा मधेस प्रदेशले आयोजना गरेको औद्योगिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारले कानुन नबनाउाँ प्रदेश सरकारले अपेक्षा अनुसारको काम गर्न नसकेको बताउनु भएको हो । प्रदेश सरकारले उद्योगीहरुको समस्या समाधानका लागि विशेष योजना ल्याए पनि संघीय सरकारको कानुन अभावमा कार्यन्वयन गर्न नसकेको राउतको भनाइ छ ।
उद्योगमैत्री वातावरण नैं प्रदेशको समृद्धिको मुल आधार भएको बताउँदै उहाँले प्रदेश अथवा देशको समृद्धिको परिकल्पना पूरा गर्नका लागि उद्योगीमैत्री वातावरण हुनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राउतले जग्गाको स्वामित्व हस्तान्तरण लगायतका प्रक्रिया अविलम्ब शुरू गर्न संघीय सरकारसँग माग समेत गरिसकेको बताउनुभयो ।
सबैभन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा रहेको मधेस प्रदेशका युवाहरुलाई उचित तालिमको व्यवस्था गरि स्वदेश मैं रोजगारी उपलब्ध गराउने प्रदेश सरकारको योजनामा सहकार्य गर्न उद्योगीहरुलाई उहाँले आग्रह गर्नुभयो । उद्योग तथा कलकारखानाको स्थापनादेखि सञ्चालनमा उत्पन्न विभिन्न समस्या समस्याहरुलाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको स्मरण गराउँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले सोमवारमात्र वीरगन्जमा उद्योग विभाग स्थापना गर्न गरेको निर्णयले ठुलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सम्मेलनबाट आउने निष्कर्षले प्रदेश सरकारलाई दिशा निर्देश गर्ने उल्लेख गर्नुभयो । औद्योगिक विकासका लागि प्रदेश सरकारले अवलम्बन गरेको नीतिहरु बारे जानकारी गराउँदै उहाँले प्रदेशको आर्थिक समृद्धि र विकासका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । सम्मेलनमा उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले औद्योगिक सम्मेलनले प्रदेशमा उद्योग स्थापनाको वातावरण निर्माण गर्नुका साथै वर्तमान आवश्यकता र कानुनी जटिलतासमाधानको बाटो पहिल्याउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
बारा र पर्साका दर्जनौ उद्योगी सम्मानित
सिमरा,मधेस प्रदेश सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनका अवसरमा बारा र पर्सा जिल्लाका २३ जना उद्योगी सम्मानित भएका छन् ।
मधेश प्रदेशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिएको र उद्योगधन्धामार्फत रोजगारी सृजना गरेको भन्दै मधेश प्रदेशले २३ उद्योगीलाई सम्मान गरेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सिमरामा जारी मधेश प्रदेश औद्योगिक सम्मेलनमा प्रदेशमा रोजगार उपलब्ध गराउनुका साथै आर्थिक वृद्धिमा योगदान पु¥याउने २३ उद्योगलाई प्रदेश सरकारले सम्मान गरेको हो ।
चाचान ग्रुपका प्रबन्ध निर्देशक एवम् बरिष्ठ उद्योगी बाबुलाल चाचान, निम्बस ग्रुपका जगदिश अग्रवाल, शालिमार ग्रुपका अशोक वैद्य, जगदम्बा सिमेन्टका राजेश अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका रमेश अग्रवाल, त्रिवेणि स्पीनिङ्का बिरु संघाई, जय स्पिनिङ, एन पि ड्रग्स, गणपति बनस्पति, अन्नपूर्ण भेजेटेबल, नारायणी भेजेटेबल, सुर्या नेपाल, डाबर नेपाल, हिमालयन डिस्टिलरी, मारुती सिमेन्ट, इन्दुशंकर चिनी उद्योग, कुश एग्रो इन्टरप्राइजेज, ओम शिव पेज, हुलास स्टिल, शिबशक्ती म्यानुफेक्चरिङ, आर सि ब्याट्री, महालक्ष्मी सोलमेन्ट एण्ड रिफाइनरी, वल्र्डलिंक, ईन्टरनेट मार्केटिङ टुडे, जानकी टेक्नोलोजी लगायतका उद्योगी व्यवसायीहरु सम्मानित भएका हुन् ।