नेपालमा नाम मात्रामा कम्यूनिष्टहरु धेरै भएको कुरा पटक पटक सार्वजनिक भइरहेकै छ । नेपालका कम्यूनिष्टहरुको सवालमा आलोचना पनि निकै हुने गर्दछ तर यो आलोचनाले खासै काम गरेको जस्तो देखिदैन । अहिले नेपालमा दुईथरि कम्यूनिष्टहरुले एक अर्कालाई गाली गरेर गाईजात्रा नै देखाइ रहेका छन् । नेपाली कम्यूनिष्ट पार्टी भन्ने एक र अर्को नेकपा एमाले नाम गरेका दुबै पार्टीका नेताहरु एक अर्कालाई गाली गर्नमा मात्र व्यस्त छन् ।
अहिले कम्यूनिष्ट पार्टीले देशभर आयोजना गरेको कार्यक्रममा एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई मात्र गाली गर्न केन्द्रित छ । न त उनीहरुले अरु केही राजनीतिक एजेण्डा देखिन्छ नत जनतामा केही नयाँ कुरा नै लिएर गएको जस्तो देखिन्छ । हरेक नेताको भाषणा सुन्यो भने केपी ओलीलाई गाली गर्ने वा आलोचना गर्ने भन्दा अर्को कुरा सुनिदैन ।
केपी ओली नेपाली राजनीतिमा असफल पात्र हुन् भन्ने कुरा समयले नै स्पष्ट पारिसकेको छ । प्रचण्ड वा माधव नेपाल वा भीम रावलहरुले केपी ओलीलाई गाली गरेर समय खेर फाल्न आवश्यक नै छैन । तर उनीहरुले यसमा समय यसरी खेर फालिरहेका छन् कि मानौं, उनीहरुले नै यो देश बनाउने ठेक्का लिएका छन् र उनीहरु मात्रै देशका सफल नेताहरु हुन ।
जनताको नजरमा ओली जसरी नै लगभग प्रचण्ड, माधव अनि रावलहरु प्नि फेल भइसकेका छन्, यो पनि हेक्का राख्दा हुन्छ । कसैले उनीहरुलाई यो कुरा भनिदिएका पनि छन् । अझ भनौ, जेनजीहरु नै स्पष्टसंग यो कुरा व्यवहारमा नै भनिदिएका कारण अब कम्यूनिष्टको नाउँ भजाएर फेरि यही पार्टीको सिद्धान्त बद्नाम नगरे हुन्छ, यतातिर पनि नेपालका कम्यूनिष्ट भनिएका दलहरुले ख्याल गर्ने कि ?

Leave a Reply