सिकिन्द्र साह
सिम्राैनगढ – विश्व भरि काेराेना भाइरसकाे त्रास फैलीरहेको अवस्थामा नेपालले पनि उच्च सतर्कता अपनाइरहेकाे छ । यसै बिच बारा जिल्लाकाे पचरौता नगरपालिकामा पर्न बेल्दारी र पिपरपाति नाकामा पहिला देखि नै चेक जाँच भइरहे तापनि हेल्प डेक्समा नगरपालिका द्वारा थर्मन गन खरिद गरि नगरपालिकामा बासाेबास गर्न स्थानिय बासिन्दाहरुलाई चेक जाँच समेत गरिएको थिए ।
सोही क्रममा नगर प्रमुख रमेशकुमार यादवले बताउदै भय र त्रासमा बस्नु आवश्यकता छैन । यो अवस्थामा नगरपालिका संग जाेडिएकाे भारतीय नाका बेल्दारी र पिपरपातिमा उता भारतबाट काम गर्न कामदार तथा पर्यटक प्रबेस गर्न बितिकै थर्मन गनद्वारा चेक जाँच गरेर नै प्रबेस गर्न ब्य्वस्था मिलाइएको समेत बताएका थिए । नगरपालिकाकाे डाक्टरकाे टाेलले सम्पुर्ण टिमकाे साथ साधारण रुघाखोकी नियन्त्रण गर्नेको लागि औसधि बोकि बोर्डर समम पुगिसकेको स्वस्थ संयोजक नवल यादवले बताएका थिए । साे थर्मन गनबाट पचरौता नगरपालिकाकाे क्रमचारि तथा जनप्रतिनिधिलाई चेक समेत गरिएको थिए ।