राजन कुमार बानिया

पोखरिया –  पर्सा प्रहरीले लागुऔषध गाँजा र चरेश सहित एकजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउपालिका वडा नम्बर ४ देउरवाना बस्ने वर्ष ५० को नुर आलम मिया रहेका छन् । विषेश सुचनाको आधारमा प्रहरी चौकी रंगपुर टाडी पर्साबाट खटिएको प्रहरी टोलीले पटेर्वासुगौली गाउपालिका वडा नम्बर २ बैधनाथपुरबाट साईकल चलाउदै आई रहेको मियाँलाई लागुऔषध गाँजा र चरेश सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

मियाँको साथबाट लागुऔषध गाँजा १ किलो ५ सय ग्राम , चरेश १ किलो र चरेशको धुलो १ किलो ५ सय ग्राम फेला परेको पर्सा प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका मियाँलाई थप अनुसंधान एवम कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here