मनोज शाह
जीतपुर,पर्सा जिल्लाको बहुचर्चित आमोदेबी मन्दिरमा मेला लाग्ने भएको छ । जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ४ मा रहेको आमेदेबी मन्दिरमा भव्य रुपमा मेला लाग्ने भएको हो ।छठ माताको पूजा सम्पन्न भएपछि पूर्णिमाको अवसरमा यहि मंसिर २८ गतेबाट मन्दिर परिसरमा मेला लाग्नेभएको हो । सो मन्दिरमा हरेक वर्ष सोही समयमा मेला लाग्दैआएको छ ।मन्दिरमा मेलालाई भव्य र सभ्य बनाउनको लागि विभिन्न सुरमान तामाङको अध्यक्षतामा मेला व्यवस्थापन समिति र उपसमितिहरू गठन गरिएको छ । भक्तजनहरूले चिताएको कुरा पूरा हुने विश्वासमा ठूलो संख्यामा सर्वसाधारण मेला भर्न आउने गरेको स्थानीयले बताएका छन ।यस वर्ष कुनै पनि प्रकारको भेदभाव नगरी मेला लगाइने समितिका अध्यक्ष तामाङले बताउनुभयो ।



















