मौलापुर,रौतहट जिल्लाको मौलापुरपालिका वडा नम्बर – २ स्थित श्रीसामुदायिक आधारभूत विद्यालयको नवनिर्मित ४ कोठे भवनको सोमबार उद्घाटन गरिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागको वार्गीकरण अनुसार मौलापुर नगरपालिका चिरचिरियास्थित ४२ लाखको लगतमा पक्की भवन निर्माण कार्य सम्पन्न भएपछि पुर्वमन्त्री एंव नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साह र मौलापुर नगरपालिकाकी नगर प्रमुख रीनाकुमारी साहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो विद्यालय भवन निर्माण लागि मौलापुर नगरपालिकाबाट विनियोजन बजेट ४२ लाख र पुरानो कक्षा कोठाको रंगरोगन, पुराना भवन मर्मत, फुटपाथ निर्माण तथा सौन्दर्यीकरणको लागि १५ लाख गरी कूल बजेट ५७ लाखको लगतमा सो विद्यालय भवन निर्माण कार्य र रंगरोगन कार्य सम्पन्न भएको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र ईन्जिनियर रामबाबुप्रसाद साहले बताउनुभयो ।

त्यसैगरी विश्व विद्यालय अनुदान आयोगबाट प्राप्त १ करोडको लगतमा देवाही गोनाही नगरपालिका अन्तर्गत रहेको जयकिसान बहुमुखी क्याम्पस धरहरीको चार कोठे दुई तल्ले भवन (शिक्षालय भवन) को पनि पूर्वमन्त्री साहको प्रमुख आतिथ्यमा उद्धाटन सम्पन्न भएको छ । उक्त भवनमा बि.एड र बि.बि.एस. कक्षा संचालनमा ल्याइएको क्याम्पसका लेखापाल रामप्रकाश यादवले बताउनुभयो ।

विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री प्रभु साह र अतिथिमा नेकपा एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह, जिल्ला सदस्य ठागा दास, नागेन्द्र साह, मौलापुर नगरपालिकाकी नगर प्रमुख रीनाकुमारी साह, उपप्रमुख प्रमुख नागेन्द्र यादव, देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह, सोही पालिकाकी उपनगर प्रमुख परनिया देवी पटेल, गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जैसवाल, मौलापुर नगरपालिका २ का वडा अध्यक्ष श्री भगवान पटेल लगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Leave a Reply