कलैया,बाराको मानमत–मटिअर्वा सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिकाको बजार क्षेत्रमा पर्ने साढे ३ किलोमिटर सडक निर्माणका लागि दबाब दिने उद्देश्यले शुरु भएको अभियानमा आजसम्म पाँच हजार ७ सय सर्वसाधारणले हस्ताक्षर गरेका छन् ।
वर्षौदेखि अलपत्र पारिएको सडक निर्माणमा ठेकेदार कम्पनीलाई दबाब दिन जिल्ला सदरमुकाम कलैयाको भरतचोकमा स्थानीय युवाहरूले गत असोज ३१ गते (शुक्रबार) बाट शुरु गरेको हस्ताक्षर अभियानमा अन्तर्गत व्यवसायी, सर्वसाधारण र राजनीतिक दलका कार्यकर्ताले हस्ताक्षर गरेका हुन ।अभियानकर्ता संजय चौधरीका अनुसार सोमबार साँझसम्म पाँच हजार ७ सय जनाले हस्ताक्षर गरिसकेका छन् ।
कलैयाका स्वतन्त्र युवा सौरभ चौगाई, सौरभ पाण्डे, सुमित पटेल, बिक्की गुप्ता, सुरज साह, अमित तिवारी र संजय चौधरीलगायतको नेतृत्वमा अभियान शुरु गरिएको हो । चौधरीका अनुसार चाडपर्वका कारण करिब चार दिन अभियान स्थगित भए पनि आइतबारदेखि पुनः निरन्तर रूपमा हस्ताक्षर संकलन जारी छ ।
सडक निर्माणको जिम्मा पाएको भारतीय कम्पनी भिस्वा कन्स्ट्रक्सनले २०६८ सालमा बाराको मटिअर्वा–मानमत सडकखण्ड (२७ किलोमिटर) कालोपत्रे गर्ने कार्य सुरु गरेको थियो । तर, हुलाकी मार्ग आयोजना अन्तर्गत कम्पनीले त्यसबेला २३ किलोमिटर मात्रै कालोपत्रे गरी कलैया बजार क्षेत्रको साढे ३ किलोमिटर अधुरै छाडेको थियो ।१४ वर्ष बितिसक्दा पनि सो अधुरो सडक खण्डमा अहिलेसम्म काम हुन नसकेका कारण स्थानीयले असन्तुष्टि जनाउँदै दबाब अभियान शुरु गरेका हुन् ।
दबाबपछि निर्माण कार्य सुरु
मनोज शाह
जीतपुर,सडक निर्माणका लागि स्थानीय युवाहरूले हस्ताक्षर अभियान सञ्चालन गरेपछि ठेकेदार कम्पनीले अलपत्र परेको सडक निर्माण कार्य शुरु गरेको छ ।युवाहरुले शुरु गरेको हस्ताक्षर अभियानको प्रभाव स्वरुप आइतवार सडक निर्माण कार्य सुरु भएको अभियान्ता सौरभ चौगाईंले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार स्थानीय युवाहरूको एकताबद्ध प्रयास र निरन्तरको दबाबका कारण ठेकेदार कम्पनी अन्ततः काम थाल्न बाध्य भएको हो । “हामीले दबाब सृजना ग¥यौ फलस्वरुपम सडक निर्माणको काम अब शुरु भएको छ, चौगाईंले भन्नुभयो, यो युवा शक्तिको जित हो ।”स्थानीयवासीहरूले सडक निर्माण शुरु भएकोमा खुसी व्यक्त गर्दै निर्माण कार्य गुणस्तरीय हुनुपर्नेमा जोड दिएका छन् ।ाम दर्ता गर्न सक्नेछन । उहाँले मतदाता नामावलीमा नाम छुटेका र उमेर पुगेका जिल्लावासीलाई मतदाता नामावलीमा नाम दर्ता गराएर मतदानको अधिकार सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।

















