नरेश गुप्ता
बरियारपुर –  पंचबर्षिय गढीमाई मेला २०७६ को आय ब्यय सार्वजनिकरण गरिएको छ । गढीमाई मेला २०७६ को जिम्मेवारी  पाएको पंचबर्षिय  गढीमाई मेला  ब्यवस्थापन मुल समितिले आय ब्यय सार्वजनिक गरिएको भएपनी मेला देखि मकर सक्रान्ती सम्मको आम्दानीको हिसाब किताब सार्वजनिकरणमा नसमेटिएको गढीमाई मन्दिर संचालन  तथा बिकास समितिको  अध्यक्ष  रामचन्द्र  साहले आरोप लगाएको छ ।
आफुलाई  आय ब्यय  सार्वजनिकरण भएकै दिन एक घन्टा अगाडि  सहभागी  हुन जानकारी  गराईएकोले आफू सहभागी नभएको गुनासो  राख्नु भयो । पंचबर्षिय गढीमाई मेला ब्यवस्थापन मुल समितिले  अधुरो आय ब्यय सार्वजनिक गरेको अध्यक्ष साहले बताए । पंचबर्षिय गढीमाई मेला ब्यवस्थापन मुल समितिको  अध्यक्ष  सुदामा साह कानुको अध्यक्षतामा गरिएको सार्वजनिकरण कार्यक्रममा स्थानियबांसी लगायत  मन्दिर बिकास समितिको  कुनै पनि पदाधिकारीको उपस्थिति  रहेको थिएन ।
गढीमाई मेला ब्यवस्थापन  मुल समितिले  गढीमाई मेलाको आम्दानी  ६३ लाख ८१ हजार ७ सय ९५ रुपैया सार्वजनिक गरेको भएपनी  यो आम्दानी पारदर्शी  नरहेको स्थानियहरुले बताएका छन । पंचबर्षिय गढीमाई मेला २०७६ को आम्दानी महागढीमाई नपा बाट १ करोड , जगा ठेका बाट ६५ लाख , मनोरञ्जन  ठेका वाट १ करोड  २२ लाख  १२  हजार ,बिरगंज महानगरपालिका बाट सहयोग १५ लाख ,क्रुषी बिकास बैकबाट सहयोग १ लाख पचास  हजार ,किर्तन भजनको लागि पशु कल्याण संघ बाट सहयोग  ६ लाख नगदी रसिद बाट आम्दानी १ लाख १७ हजार ३०० सय भेटी बाट आम्दानी  रु १६ लाख  १७ हजार  ८ सय ६० ,ठेकेदारको धरौटी रकम ८ लाख ५८ हजार गरि कुल आम्दानी रु ४ करोड  ७५ लाख ५ हजार १६० रुपैया आम्दानी  देखाईएको र खर्च तर्फ पनि  ठेकादारको धरौटी रकम फिर्ता गर्ने गरि  ४ करोड  ७५ लाख  ५ हजार  १६० नै देखाईएको  छ ।
पंचबर्षिय गढीमाई मेला २०७६ मा मनोरञ्जनको ठेकापटा लिएको कम्पनी बाट अझै २० लाख उठाउन बांकी राखेकोले सो रकम खर्चमा नै देखाईएको छ । पंचबर्षिय गढीमाई मेला ब्यवस्थापन  मुल समितिको  महासचिव  मोतिलाल कुशवाहाले आय ब्यय सार्वजनिक  गर्नु भएको थियो ।  प्रस्तुत आय ब्ययमा  विभिन्न  उपसमितिको नाममा पेश्की रकम खडा नै देखिएको प्रस्तुत सार्वजनिकरण कार्यक्रममा जानकारी गराईएको थियो ।
प्रस्तुत आय ब्ययमा गढीमाई मेला पछाडि  मकर सक्रान्तिमा मेला बाट उठाईएको रकम , बलिको लागि मकर सक्रान्तिमा ल्याईएको ११० वटा रांगा प्रती गोटा ३ हजारको दरले बेचिएको भएपनी सो आम्दानी  प्रस्तुत  सार्वजनिकरणमा नदेखाईएको मन्दिरको अध्यक्ष  साहले आरोप लगाएको छ । त्यसैगरी  मकर सक्रान्तिमा  परेवा बिक्री गरि भएको आम्दानी  सार्वजनिकरणमा नसमेटिएको अध्यक्ष साहले बताए । पंचबर्षिय गढीमाई मेला २०७६ मा खर्च विभिन्न  ७० वरा शिर्षकमा देखाईएको जुन चाहिँ  खर्च नै नगरी फर्जी बिल बनाएर खर्च देखाईएको स्थानियहरुले आरोप लगाएको छन ।
मुल समितिको  अध्यक्ष  सुदामा साह कानुको नाममा गाडी भाडा  ,ईन्धन र चालक खर्च मात्र ५ लाख २७ हजार ५ सय ,त्यसैगरी  मुल समितिको अध्यक्ष साहको नाउँमा पुन  बाटो ब्यवस्थापन  र वहाँ बाट भएको खर्च  १२ लाख ८५ हजार  खर्च देख्नु आफैमा संकाको बिषय बनेको  गढीमाई मन्दिर बिकास समितिको  पदाधिकारीले गुनासो  गरेका छन । पंचबर्षिय गढीमाई मेला २०७६ मा भएको ४ करोड  आम्दानीलाई  मनोमानी  रुपले अनियमितता गरेको  सार्वजनिकरण गरि ढाकछोप  गरेको आरोप स्थानियहरुले बताएका छन ।
बाराको प्रमुख जिल्ला  अधिकारी  फणीन्द्र  मणि पोख्रेलको प्रमुख अतिथियमा पंचबर्षिय गढीमाइ मेलाको आय ब्यय सार्वजनिकरण गरिएको थियो ।  गढीमाई मेला बितेको झण्डै ३ महिना पछाडि  प्रजिअ पोख्रेलले पटक पटक आग्रह  र तगेदा गर्दा मुल समितिले  आय ब्यय सार्वजनिकरण गरेको छ । पंचबर्षिय गढीमाई मेला २०७६  बाट कुल आम्दानी  ६३ लाख  ८१ हजार ७९५ रुपैया  देखाईएको  छ , सो रकम पनि गढीमाई मन्दिर  बिकास  खर्चमा खर्च हुने हो कि अनियमितता  हुने हो भन्ने बिषयमा  स्थानीयहरुको चासो र जिज्ञासा  बढेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here