पुष्पराज खतिवडा
बारा २७ कार्तिक । संघिय सरकारका स्वास्थ्य तथा जनसंख्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवले बुधबार जिल्लाको कलैया उपमहानगरपालिका २४ स्थीत सुरत अस्पताल भौतिक पूर्वाधर निर्माणका लागि स्थलगत निरिक्षण गरेका छन् ।

निरिक्षणका क्रममा मन्त्री यादवले भौतिक र प्राविधिक रुपमै अस्पतालको स्तरउन्नती गरिने बताए । मन्त्री यादवले सरकारबाट १५ शैयाको अस्पताल स्विकृत प्राप्त सुरत अस्पताल निर्माण हुने क्षेत्रको अनुगमन गरेका छन् । निरिक्षणपछी राज्यमन्त्री यादवले सबै हिसावले सुरतनगर स्थीत सुरत अस्पताल योग्य रहेको बताए ।

मानमत मटिअर्वासंगै टांसिएको छ । प्रयाप्त जमिन समेत छ । स्थानियको तिब्र अपेक्षा देखिन्छ । स्वास्थ्य संस्था चलेकै छ ।यीसब कुरा नै अस्पतालका लागि उपयूक्त छन् नी मन्त्री यादवले भने । यहांका लाखौं जनाता अपेक्षा निकट भविष्यमानै यो अस्पतालबाट पुरा गर्न भौतिक रुपमा अस्पताललाई पूर्ण बनाईने समेत बताए ।

सरकारले प्रत्येक स्थानिय तहका प्रत्येक वडामा सुविधा सम्पन्न स्वास्थ्य संस्था खोल्ने नीति लिएको बताउंदै राज्यमन्त्री यादवले कलैया नगरपालिकाको सुरतनगरमा सुविधा सम्पन्न अस्पताल संचालनका लागि मन्त्रालयले काम अघि बढाउने बताए ।

गतबर्ष स्वास्थ्य मन्त्रालयले २५१ स्थानमा अस्पताल निर्माण गर्ने घोषण गरेको थियो । घोषित स्थान मध्ये देशभरी १४० अस्पताल निर्माण प्रकृया सुरु हुँदा सुरत अस्पताल परेन । अस्पतालका लागि आवश्यक सडक, जमिन र वातावरण उपयूक्त नभएको भन्दै १११ अस्पतालका लागि बजेट नपठाएपछी वास्तविकता निरिक्षणका लागि मन्त्री यादव बारा आएको संघिय सांसद रामबाबु यादवले जानकारी दिए ।

राज्यमन्त्री यादवका साथ संघिय सांसद रामबाबु यादव, प्रदेशसभा सदस्य पारस साह,पूर्व सांसद प्रमोद गुप्ता ,नेकपा यूवा नेता धु्रव यादव ,नेपाली कांग्रसका रामानन्द प्रसाद यादव, संघिय समाजबादी कलैया नगर अध्यक्ष शिवनाथ पटेल लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here