सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा आकस्मिक सेवासहितको नगर अस्पताल ४ महिनादेखि बन्द भएको छ ।सिम्रौनगढ मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको गृह नगर पनि क्षेत्र हो । सरकारले राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा सबै तहका स्वास्थ्य संस्थाबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिने उल्लेख गरेको छ । तर लामो समयसम्म अस्पताल बन्दा हुदा पनि संचालनमा ल्याउनेतर्फ सरोकारवालाहरुले खासै चासो देखाएका छैनन ।तर मुख्यमन्त्रीकै पालिकामा जसपा र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुबीचको राजनीतिक द्वन्द्वका कारण अस्पतालको आकस्मिकसहितको स्वास्थ्य सेवा ठप्प छ । सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवारले यसअघि भर्ना गरिएका स्वास्थ्यकर्मीलाई हटाएर आफूखुसी कर्मचारी र स्वास्थ्यकर्मी भर्ना गर्न खोजेपछि सुरु भएको विवादले स्वास्थ्य क्षेत्र प्रभावित भएको हो ।१५ महिनादेखि सेवा सुविधा नपाएको भन्दै अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलन र धर्नामा छन् भने सर्वसाधारणहरू सामान्य उपचारका लागि पनि कलैया, वीरगञ्ज, छिमकी मुलुक भारततर्फ जान बाध्य छन् ।सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ अमपुरका ६४ वर्षीय दयाली सिंहले नगर अस्पताल बन्द हुँदा उपचारमा धेरै समस्या भएको बताउनुभयो । सिम्रौनगढ नगर अस्पतालका ल्याब इन्चार्ज श्यामसुन्दर प्रसाद कुशवाहाले साढे ४ महिनादेखि अस्पताल ठप्प भएको बताउनुभयो ।लामो समय नगर अस्पताल बन्द हुँदा प्रयोगशालामा रहेका सामग्री र औषधिहरु काम नलाग्ने अवस्थामा पुगेका छन् ।

Leave a Reply