नरेश गुप्ता,
बरियारपुर,बाराको सुवर्ण गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिएर फिरौति रकम माग गरेकोे आरोपमा बारा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविनकुमार श्रीवास्तवलाई मोबाइलबाट धम्की दिएर फिरौती रकम मागेको आरोपमा सुवर्ण गाँउपालिका कार्यालयमा करार सेवामा कार्यरत सहयोगी कार्यकर्ता वडा नम्बर ४ हर्दिया निवासी गगनदेव यादवको वर्ष २८ को मुकेश यादवलाई बारा प्रहरीले पक्राउ गरेको हो ।
कार्यालयका सहयोगी यादवले अधिकृत श्रीवास्तवलाई फोन मार्फत १५ लाख रूपैया एक घण्टाभित्र नदिए ज्यान मार्ने धम्की दिई फिरौती मागेको आरोपमा यादवलाई पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।
अधिकृत श्रीवास्तवलाई एनसेलको अपरीचित नम्बरबाट पटकपटक फोन तथा एसएमएस गरि फिरौती माग गरेको भन्ने अडियो सहितको सूचनाको आधारमा मुकेशप्रसाद यादवलाई पक्राउ गरिएको प्रवक्ता मिश्रले बताउनुभयो । पक्राउ परेका सुवर्ण गाउँपालिकाको कार्यलय सहयोगी मुकेश यादवलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय बाराको नियन्त्रणमा राखिएको छ ।