काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन् ।

गृह मन्त्रालयमा केहीबेरपछि औपचारिक कार्यक्रममार्फत फूली लगाएर उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गर्ने र पदभार ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसअघि प्रहरी महानिरीक्षक रहेका दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै सरकारले केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको हो ।

कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

Leave a Reply