बुधवारबाट अमेरिकी सहयोग परियोजना जसलाई एमसिसी पनि भन्ने गरिन्छ लागु हुने भएको छ ।योसंग सम्बन्धित अमेरिकी अधिकारी नेपालमा आएर नै अब यसको कार्यान्वयन भएको बताएपछि नेपालले कार्यान्वयनमा लैजानुको पनि विकल्प छैन । एमसिसीका बिषयमा नेपालमा चर्को विवाद छ । अमेरिकी सहयोग परियोजनाका विषयमा दलहरुका बीचमा पनि सहमति छैन भने नागरिक स्तरबाट पनि विरोध छ ।यही विरोधका बीच पनि यसलाई कार्यान्वयनमा लैजाने कुरा आएको छ । नेपालको संसदले केही वर्ष अगाडि यसको एकप्रकारले ब्याख्या गरेको छ । यसलाई जे भनेपनि नागरिकहरुले सहज रुपमा स्वीकार गरेको अवस्था छैन । पहिला त यसको क्षेत्राधिकारका विषयमा दलहरु स्पष्ट हुनुपर्ने आवाज उठेको छ । तर दलहरु सो विषयमा स्पष्ट भएको पाइएको छैन । उनीहरु नै यो विषयमा अझै अस्पष्ट हुन सकेका छैनन ।त्यसो त सरकार अझै अस्पष्ट छ । स्वयम् प्रधानमन्त्री नै यो विषयमा स्पष्ट नभएको हो वा नभएको जस्तो गरेको थाहा भएन तर उहाँको विचार यस्तै छ । मंगलवारबाटै प्रधानमन्त्रीको यो विषयमा स्पष्ट नभएको कुरा पनि आएका छन् । त्यसैले प्रधानमन्त्री नै स्पष्ट नभइकन कार्यान्वयनमा गएको यो एमसिसीले नेपालको भविष्य कस्तो होला यसै भन्न सकिने अवस्था छैन ।