काठमाण्डौं,रोल्पामा बोलेरो दुर्घटना हुँदा २० जनाको मृत्यु घएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो भीरबाट खसेको थियो । रोल्पाको थवाङ गाउँपालिका– १, जलजलामा बोलेरो भीरबाट खस्दा १७ जनाको घटनास्थलमै र अन्यको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो ।

उनीहरू रुकुम पूर्वबाट वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी जलजला गएका थिए । प्रहरीका अनुसार, बोलेरो सडकबाट करिब आठ सय मिटर तल खसेको हो ।
दुर्घटना लगत्तै प्रहरी टोली परिचालन गरिएको छ ।नेटवर्कको समस्याका कारणले घटनाको विषयमा धेरै जानकारी आइनसकेको उहाँले बताउनुभयो । प्रहरी टोलीसँग निरन्तर सम्पर्क गर्ने प्रयास भइरहेको उहाँको भनाई छ ।

Leave a Reply