कलैया,७७ लाखको अवैध प्याज र कपडा बोकेको ३ वटा ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।३ वटा ट्रकबाट ७७ लाख २७ हजार बराबरको भन्सार छलीको सामान बरामद गरिएको बाराका एसपी सुरेश काफ्लेले बताउनुभयो ।३ वटा ट्रक भन्सार छलीको सामान लिएर वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । वीरगन्जबाट आएका ट्रकमा भारतबाट आयात गरिएको सामान भेटिएको थियो ।त्यसैगरी हेटौंडबाट महोत्तरी जाँदै गरेको बा.२१ च ८९९७ नम्बरको पिकअपलाई पनि अनलाइन बिल नभएको पाँच लाख बराबरका ५ ओटा गाईसहित प्रहरीले नियन्त्रणमा लिइएको छ ।

Leave a Reply