चिनबाट फैलिएको सरुवा रोग कोरोना भाइरस बिश्वका अधिकांश भूभागमा फैलिएको पाइएको छ । कोरोनाका कारण बिश्व नै आक्रान्त भएको छ । कोरोनाका कारण दक्षिण एसियामा देशहरु पनि उच्च जोखिममा रहेका छन् । नेपाल सहितका दक्षिण एसियाका सबै देशहरु कोरोनाको उच्च जोखिममा रहेका देशहरु हुन् । भारत र पाकिस्तानमा कोरोनाको संक्रमण मात्रै देखिएको छैन यसले नागरिकहरुको ज्यान समेत लिएको छ ।
भारत र पाकिस्तानकीचको तनाबका कारण दक्षिण एसियाली मुलुकहरुमा केही बर्षदेखि भातृत्व हराएको पनि छ । सार्क राष्ट्रको अध्यक्ष भएका नाताले नेपालले पटक पटक प्रयास गरेपनि सफल भएको छैन् । तर आइतबार कम्तीमा सार्क देशका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीहरुले भिडियोमा संवाद गरेका छन् । जसका कारणले संवादको बातावरण पैदा भएको छ ।
कोरोना भाइरसका कारण आक्रन्त बनेका बेला छिमेकीबीचमा तालमेल हुन आवश्यक छ । यही तालमेल नहुदा समस्या सृजना हुदै गएको हो । अब आइतबार भएको सार्क देशका प्रमुखहरुबीचको संवादले एउटा संवादको बातावरण शुरु भएको छ र अब कोरोनाका बिरुद्धमा संयुक्त अभियान संचालन गर्नुको बिकल्प छैन ।