एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत भोजपुरका ३२ वर्षीय सोनु कुमार सिन्हा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलका खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

सोही क्रममा पक्राउ परेका सिन्हाको साथबाट दुई थान मोबाइल बरामद गरिएको थियो । ती मोबाइलको प्रारम्भिक परीक्षण गर्दा उनले चारवटा फरक अनलाइन बेटिङ साइटमा लगइन गरी ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।

प्रहरीले बुधबार सार्वजनिक गरेको विवरणअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । एनपीएलमा अनलाइन बेटिङको आरोपमा भारतीय नागरिक पक्राउ, ८९ लाखभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० का खेलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत भोजपुरका ३२ वर्षीय सोनु कुमार सिन्हा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलका खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

सोही क्रममा पक्राउ परेका सिन्हाको साथबाट दुई थान मोबाइल बरामद गरिएको थियो । ती मोबाइलको प्रारम्भिक परीक्षण गर्दा उनले चारवटा फरक अनलाइन बेटिङ साइटमा लगइन गरी ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।

प्रहरीले बुधबार सार्वजनिक गरेको विवरणअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply