हुन त अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था भएको देशमा रहेका छौं । यो मुलुकमा राजनीतिक परिवर्तन तीव्र गतिमा भएका कारण आज यो अवस्थामा देश आएको हो तर देशमा राजनीतिक परिवर्तन भए पनि विकास निमाणको सवालमा भने देश निकै पछाडि छ । राजाको विरोध गरे पनि तीनै राजाले बनाइ दिएको पूर्वपश्चिम राजमार्गमा अहिले हजारौं सवारी साधन हिड्छन् । यही बाटोमा दर्जन बढी पुल छन् तर त्यो पुलको अवस्थाको विषयमा भनिरहनु पर्दैन ।

तराई मधेशको कुनै पनि नागरिकहरुले कम्तिमा पथलैयादेखि ढल्केवरसम्मको बाटो दैनिकजसो हिडेका छन् । बाटो यसै सांगुरो त्यसैमाथि पुलको अवस्था हेर्दा समथर ठाउमा पनि नागरिकहरुले दुर्गम स्थानको जसरी यात्रा गरेको महसुस गरिरहेका हुन्छन् ।

बारा जिल्लाकै कुरा गर्ने हो भनेपनि बाराको राजमार्गको पुलहरु कुनैपनि गतिला छैनन् । बढी भार बहन क्षमता भएका सवारी साधन एकै पटक ओहोरदोहोर गरेको खण्डमा पुल भत्किने संभावना अधिक छ ।

अब देशका राजनीतिक नेतृत्वहरुले राजनतिको भन्दा विकासका कुरा गर्न बढी आवश्यक छ । राजनीतिमा देश निकै अगाडि बढिसकेको छ । तर विकासको सवालमा महेन्द्रको पालाको बाटोमा नागरिकहरु हिड्न परेको छ । अनि राजनीतिका चर्का कुरा गरेर भन्दापनि काम गरेर अब देखाउन आवश्यक छ । विकास गर्नेलाई पनि जनताले मतदानबाट पठाउन आवश्यक छ । अब एक पटक सबै शक्ति लगाएर विकासमा कम्मर कस्न आवश्यक छ । नत्र विकास पूर्वराजा महेन्द्रको पालामा भन्दा एक कदम पनि अगाडि नबढ्ने पक्का छ ।

Leave a Reply