स्व. पत्रकार विरेन्द्र साह ।

कृष्णउदास खनाल
२०६४ साल असोज १८ गते साँझ करिब ६ बजेको थियो होला कृपा दैनिक पत्रिकाको काम हुदै थियो । पत्रिकाका सम्पादक कमल कुमार उपाध्याय दाइ र म अनि स्वर्गीय तत्कालिन बाराका पत्रकार महासंघका अध्यक्ष बिनोद प्याकुरेल दाजु हामी संगै बस्ने गर्दथियौं । ब्यानर समाचार बनाउने बिषयमा छलफल हुदै थियो । पत्रकामा ब्यानर समाचारको धेरे अर्थ रहन्छ । त्यसैले पनि ब्यानर समचारका बिषयमा हाम्रो सल्लाह अहिले पनि हुन्छ र उत्तिबेला पनि हुन्थ्यो ।

 

 

 

 

त्यत्तिबेला अहिलेको जस्तो छ्यापछ्याप्ती संचारमाध्याम बारामा थिएनन् । हाम्रो पत्रिका बाराको थियो तर काम वीरुगन्जमा हुन्थ्यो र हुन्छ पनि किनभने हाम्रो पत्रिका संचालनका लागि आवश्यक पर्ने सबै उपअकरण वीरगन्जमा नै छ । तर,वीरगन्जबाट प्रकाशित भएपनि बाराको सामाजिक बिषयमा कृपाले उठाएका कुराहरु इतिहाँस साक्षी छन् । त्यो दिन अर्थात् असोज १८ गते पत्रिकाको समाचारका बिषयमा छलफल र कुराकानी हुदै गर्दा दशैं पनि नजिकिदै थियो ।दशैंको शुभकामनाका सन्देश पनि पत्रिकामा प्रकाशित गर्नु पर्दथ्यो ।

 

 

 

 

 

समाचार कक्षको कोर टिमका बिषयमा छलफल भइरहदा एकछिन कमल दाइ हराउनुभयो,बिनोद दाइको घर जीतपुर थियो । राति भएको हुनाले बिनोद दाइ पनि म संग बिदा मागेर जानुभयो । म भन्दा सिनियर मान्छे या पत्रकार बिनोद दाइ मलाइ कहिल्यै खसालेर बोल्नु भएन । सँधै मलाइ सर भन्नुहुन्थ्यो । त्यो सांझ बिनोद दाइले भनको कुरा मलाइ स्पष्ट याद छ,सर म हिँडे तपाइ सम्हाल्नुस् भनेको ।

 

 

 

 

 

म र कम्प्यूटर अपरेटर मित्र रतन चौधरी मात्रै पत्रिकाको डेक्समा थियौं कमल दाइ कतै जानु भयो एकछिनमा आउनुहोला भन्ने भयो । अर समाचार तयार पार्दै थिए र बाराकै दशैंको चहलपहल सम्बन्धी समाचार ब्यानर बनाउने योजना सहित म समाचार लेख्दै गर्दा आधा घण्टापछि कमल दाइ आत्तिएर आउनुभयो र मलाइ भन्नुभयो ःकृष्ण सर,बीरेन्द्र साह अपहरणमा परेछन् अब उनको समाचार ब्यानर बनाउनुपर्छ भनेर ।

 

 

 

 

 

 

ध्यान सबै त्यता केन्द्रित भयो दाजुभाइकै । बीरेन्द्र साहसंग मेरो राम्रो चिनजान थियो । सिनियर पत्रकार भएका नाताले मैले दाइ नै भन्थें । उहाँले पनि माया गर्नुहुन्थ्यो मलाइ । बाराको एक हस्तीको अपहरणको खबरले जिल्ला हल्लियो । माओवादीले अपहरण गरेको कुरा आयो र त्यही अनुसार समाचार लेख्यौं हामीले । त्यसपछिका प्रत्येक अंक बीरेन्द्र साहका बिषयमा लेख्यौं कत्ति लेख्यौं हिसाव नै भएन । धेरै समाचार ब्यानर भए । कृपा दैनिक पत्रिकाको चौंथो बार्षिकोत्सवका अवसरमा पत्रकार महासंघका तत्कालिन केन्द्रीय अध्यक्ष बिष्णु निष्ठुरीलाई बोलाएर टागिाँयाबस्तीमा बीरेन्द्र साहको नाउमा बृक्षारोपण ग¥यौं ।

 

 

 

 

 

 

 

 

अन्ततः बीरेन्द्र साहको मुख्य हत्याका योजनाकार कुन्दन भनिने नरेन्द्र फौजदारलाई बारा प्रहरीले पक्राउ गरेको छ ।शनिबार राति पक्राउ परेपछि आइतबार सार्वजिक गरेको छ । प्रहरी उपरीक्षक कृष्ण पंगेनी र खासगरी डिएसपी गौतम मिश्र सरलाइ हार्दिक आभार हामीले पनि दिन्छौं । यो लडाइमा हामीले अगुवाइ गरेकै हो । गौतम मिश्र सरको इतिहाँस आफैमा ओजिलो छ र यसले अझै प्रहरी संगठनलाइ गौरभान्वित बनाएको छ । सलाम छ,एसपी साप र डिएसी साप अनि नेपाल प्रहरी । अपराधमा संलग्न जो भएपनि कानुन भन्दा ठूलो हुन्न भन्ने सन्देश दिन सफल हुनु भएको छ र अब जिल्ला अदालतले पनि पीडित परिवारलाइ न्याय दिनेछ आशा गरौं ।

Leave a Reply