नरेश गुप्ता
बरियारपुर – प्रदेश न २ को प्रयटन मन्त्री सुरेश मण्डलले भिजिट नेपाल २०२० लाई सफल बनाउन पुरातात्त्विक , सास्कृतिक एव एतिहासिक धरोहरको अस्तित्वलाई जोगाई राख्नु पर्ने बताउनु भएको छ । भिजिट मधेस नेपालले बाराको कलैयामा आयोजना गरेको तराई मधेसमा प्रयटन प्रवर्द्धन समबन्धी अन्तरक्रिया उदघोष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले बताउनु भयो ।
भिजिट मधेश बिना भिजिट नेपाल २०२० सफल नहुने बताउदै प्रदेश न २ को आठ वटै जिल्लामा रहेको पुरातात्त्विक सम्पदाहरु , सास्कृतिक धरोहरु जोगाउनु पर्ने वहाले बताए । भिजिट मधेशको अवधारणाले भिजिट नेपाल सफल हुने तथापि यसको साथै मधेशमा उधोग ,प्रयटन , कृषि तीन वटै क्षेत्रमा लगानी लगाउनु पर्नेमा जोड दिनु भएको थियो ।
बाराको गढीमाई मन्दिर , सिमरौनगढको रानिबास , पर्सा राष्ट्रिय बन्यजन्तु निकुज , लगायतको महत्वपूर्ण ठाउहरुको पहिचान बाहिरी प्रयटकहरुको मनमस्तिकमा हुनु पर्ने वहाले ओलाउनु भयो ।प्रयटकहरुको लागि चाहिने आवास , मनोरञ्जनको साधन , घुमफिर गर्ने ठाउँ बातावरण अनुकुल हुनु पर्ने मन्त्री मण्डलले बताउनु भयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभासद पारस साहले मधेसको हरेक जिल्लामा प्रयटन भ्रमण गर्न भौतिक पुर्वाधारको बिकास र सम्पदाहरुको प्रवर्द्धन हुनु पर्नेमा जोड दिनु भएको थियो ।
भिजिट मधेश बाराको संयोजक अजय साहको अध्यक्षतामा समपन उदघोष कार्यक्रममा जिल्ला समन्वय समिती बाराको संयोजक नवलकिशोर सिह , ग्लोबल कोर्डिनेटर प्रमोद राज सराफ , नेकपाको मुकेश शाह , महिला संजालको बबिता जैसवाल , नागरिक संवाद मन्चको उमेशलाल दास ,पुर्व मन्त्री कलावती पासवान , कलैया उपमहानगरपालिकाको नगर प्रमुख राजेश राय यादव लगायतले भिजिट मधेशको अवधारणालाई स्वागत गर्दै बढी भन्दा बढी बाहिरी प्रयटक भितृयाउने बातावरण बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।