रौतहट,रौतहटमा बोलबम यात्री सवार पिकअप भ्यान दुर्घटना हुँदा सोमबार बिहान बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ कि ४५ वर्षीया मिनादेवी कोइरीको मृत्यु भएको छ । दुर्घटनामा थप एक जना बेपत्ता बनेका छन ।
चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको नुनथरबाट बागमती जाने क्रममा बिहान करिब ४ बजे ना ५ च ३१६६ नम्बरको भ्यान सडकबाट करिब २५ मिटर तल नहरमा खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटना परेका एकजना भने अझै नहरमा बगेर बेपत्ता भएको उनका साथीहरुले बताएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर माझीले जानकारी दिनुभयो । वेपत्ता हुनेमा ६५ वर्षीया सुन्दरीदेवी मुखिया रहेकी छिन् । उनको नहरमा पानी बन्द गरेर प्रहरीले खोजी कार्य गरिरहेको माझीले जानकारी दिनुभयो । पिकअप भ्यानमा सवार अन्य भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बोलबम यात्रीहरू नुनथरमा अवस्थित बागमती नदीबाट जल लिएर विभिन्न शिवालयहरुमा चढाउने गरेका छन् ।
















