छिमेकी देश भारतको अवस्था अहिले पनि दर्दनाक छ । तीव्र गतिमा कोरोनाको संक्रमण फैलिरहेको छ । अस्पतालमा बिरामीहरु राख्ने ठाउँ छैन । यस्तो अवस्थामा सबै सचेत र सजक हुन आवश्यक छ । नेपालमा पनि कोरोनाको दोश्रो लहर फैलिएको लामो समय भइरहेको छ । लगभग बैशाख महिना लागेपछि कोरोनाको दोश्रो लहर फैलिएको हो । कोरोनाको लहर फैलिएपछि सरकारी स्तरबाट जसरी प्रयास हुनुपर्ने हो त्यो हिसाबले हुन सकेको छैन ।

बारा र पर्सामा समेत संक्रमणको दर तीव्र गतिमा बढ्दै गइरहेको छ । संक्रमणको अवस्था यस्तो छ कि संक्रमितहरुको वृद्धि दर ७० प्रतिशत भन्दा बढी छ । त्यसैले बारा र पर्सामा फैलिएको कोरोनाको दरले पनि सबैलाई सचेत बनाएको हुुनुपर्छ । सचेत मात्रै होइन यसले खेलाँची नगर्न पनि भनेको छ । खेलाँची गर्न हुन्न भन्ने सन्देश पनि दिइरहेको छ ।

त्यसैले पनि कोरोना महामारीबाट जोगिनका लागि अहिले बिलकुल खेलाँची गर्न हुन्न । खेलाँची गरेको खण्डमा त्यसको समस्या हामी आफैले झेल्ने हो । कोरोनाबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आवश्यक छ । अहिलेको यो भाइरसका बिरुद्ध लड्नु सबैको साझा दायित्व हो र कोरोना बिरुद्धको लडाइमा आजैबाट जुटौं खेलाँची नगरौं ।

Leave a Reply