निजगढ,बारामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट खैरो हिरोइन र लागुऔषध गाँजासहित ५ जनालाई नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यालय निजगढले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो भने जीतपुरसिमरा उपमहानगरपालिकाबाट गाँजा सहित अर्का एकजनालाई पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नम्बर ७ माझीटोल बस्ने २८ बर्षीय लोकबहादुर रानामगर, ३१ बर्षीय रबि तमाङ, वडा नम्बर ६ बस्ने ३४ बर्षीय दिनेश थापा र ४५ बर्षीय मेघराज तिमल्सिनालाई सोमबार साँझ पक्राउ गरेको थियो ।

लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाको आधारमा साँझ ६ बजे ईलाका प्रहरी कार्यालय निजगढबाट पुगेको प्रहरी टोलीले माझीटोलस्थित लोकबहादुर रानामगरको घरमा छापा हानेर नुरफिन ८४ पिस, डाइजोपाम ८४ पिस, फिनारगन ८४ पिस र खैरो हिरोइन १ ग्राम २० मिल्लीग्राम लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको इलका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

पक्राउ परेका विरुद्ध लागुऔषध कारोबार शीर्षकमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान कार्य भइरहेको निरीक्षक चौधरीले बताउनुभयो ।

त्यसैगरी ईलाका प्रहरी कार्यलय सिमराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिल्वा निवासी वर्ष ४७ को ईसरायल मिया अंसारीको घरमा लुकाइछिपाई राखेको लागुऔषध गाँजा ११ किलो बरामद गरेको छ ।

मियाको घरमा सोमबार राती खानतलासी गर्दा खांट मुनि बाल्टिनमा लुकाइएको अवस्थामा लागुऔषध गाँजा बरामद नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here