कृष्ण मोहन साह
सेढवा,पर्साको ठोरी गाउँपालिकामा आइतवार दिउसो एउटा घरमा आगलागी भएको छ ।ठोरी गाउँपालिका वडा नम्बर पाँच सुवर्णपुरको गडुवा लाइनका स्थानीय मदन खडकाको काठको कच्ची घरमा आगलागी हुँदा जलेर घर पूर्णरुपमा नष्ट भएको छ ।घुरमा बालेको आगो सल्किएर घर जलेर पुर्णरुपले नष्ट भएको प्रहरीले जनाएको छ । खड्काले घरमा बालेको घुरको आगो सल्किएर आगलागी भएको प्रहरी चौकी सुवर्णपुरका प्रहरी सहायक निरीक्षक टैट पण्डितले जानकारी दिनुभयो । आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको र मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोस राईले जानकारी दिनुभयो, स्थानीयबासीसहित प्रहरी चौकी सुवर्णपुर, सशस्त्र प्रहरी बलको प्रस्तावित गुल्म सुवर्णपुरका सुरक्षाकर्मीहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक पण्डितले जानकारी दिनुभयो ।

 

Leave a Reply