मनहर्वा – जीतपुरसिमरा उपमहानगरपालिका १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको नयाँ कार्यालयको एक कार्यक्रमका बिच शनिबार उद्घाटन गरिएको छ । संस्थाको बडहर्वा स्थीत रहेको कार्यालय भवनको माथिल्लो तलामा निर्मित नयाँ कार्यालयको पूर्व राज्यमन्त्री एवं प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले रिवन काटेर उद्घाटन गरेकी हुन् । आयोजित समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले सहकारी अभियान समृद्धिको आधार भएको बताईन् ।
साहले ग्रामिण जनजीवन र महिलाको विकासमा सहकारीको योगदान अहमं रहेको छ । राज्यले सहकारीसँग सहकार्य गर्न कन्जुस्याई नर्ग नहुने भन्दै सहकारीमा आवद्ध लाखौंको सर्वसाधारणको जनजिविकाका सवालमा सरकार गम्भिर हुनु पर्ने बताईन् । फरक प्रसंगमा साहले तराईमा ब्याप्त कुरीती कुसंस्कार र दाईजो प्रथालाई निरुत्साही गर्न सहकारीले भुमिका खेल्नु पर्ने कुरा जोड दिईन् ।
त्यस्तै साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले राजनैतिक क्षेत्रबाट सहकारी योगदानको मुल्याङ्कन नहुने गरेकोमा गुनासो गरे । सहकारीले दुरदराजका गरिब विपन्न जनतामा वित्तिय पहुँच पु¥याएको, सामाजिक न्याय र समानताका लागि खेलेको भुमिका प्रति सरकार जिम्मेवार नहुने गरेका बताए । शक्तिमा पुगेपछी राजनैतिक नेतृत्वबाट यदाकदा अपब्याख्या हुने गरेको प्रती सहनीले चिन्ता जनाए ।
कार्यक्रममा नेकपा नेता अमृत शर्मा बजगाँई ,साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका मुख्य प्रबन्धक नारायण क्षेत्री,साना किसान कृषि सहकारी मनहर्वाकी अध्यक्ष नयनकला खड्का, लेखा समिति संयोजक सुनिता सापकोटा, मुख्य प्रबन्धक पुष्पराज खतिवडा लगायत संस्थाका संचालक ,लेखा समितीका पद्यादिकारीहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।
२ हजार ३ सय सदस्य रहेको संस्थामा ९८ प्रतिशत महिला सहभागिता रहेको छ । सहकारीले सदस्यहरुका विच, रेमिट, बचत,ऋणको कारोबारका अलावा कृषि, पशुपालन, कृषि सामाग्री, विउ विजन, विषादी तथा रसायनिक मलको बेचविख लगायतको काम गर्दै आएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनु भयो । संस्थाले भवनको माथिल्लो तलामा अनुमानित १८ लाखको लागतमा सुविधि सम्पन्न नयाँ कार्यालय संचालनमा ल्याएको हो । यस अघि संस्थाको कार्यालय भवनको तल्लो तलामा संचालनमा थियो ।