(230923) -- HANGZHOU, Sept. 23, 2023 (Xinhua) -- Artists perform during the opening ceremony of the 19th Asian Games in Hangzhou, east China's Zhejiang Province, Sept. 23, 2023. (Xinhua/Jiang Wenyao)

काठमाण्डौ – चीनमा चलिरहेको १९ औँ एसियाली खेलकुदमा आयोजक देशले वर्चस्व कायम गरेको छ ।चीनले अहिलेसम्म २० वटा स्वर्णसहित ३० वटा पदक जितेको छ । चीनले २० स्वर्ण, ७ रजत र ३ कास्य जितेको छ । दक्षिण कोरिया ५ स्वर्ण, ४ रजत र ५ कास्यसहित १४ पदक जितेर दोस्रो स्थानमा छ । जापान २ स्वर्ण, ७ रजत र ५ कास्यसहित १४ पदक जितेर तेस्रो स्थानमा छ ।हङकङ तालिकाको चौथो स्थानमा छ । हङकङले २ स्वर्ण, ५ कास्कसहित ७ पदक जितेको छ । उज्वेकिस्तान १ स्वर्ण, ३ रजत र ३ कास्यसहित ७ पदकका साथ पाँचौँ स्थानमा छ । यसैगरी चाइनिज ताइपेई तालिकाको छैटौँ स्थानमा छ । उसले १ स्वर्ण, १ रजत र २ कास्यसहित ४ पदक जितेको छ ।भारत तालिकाको सातौँ स्थानमा छ । उसले अहिलेसम्म ३ रजत र २ कास्यसहित ५ पदक जितेको छ । नेपालले भने कुनै पनि पदक जितेको छैन ।प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको मूल नारा ‘हर्ट टु हर्ट एट फ्युचर’ अर्थात् भविष्यमा हृदयदेखि हृदयसम्म रहेको छ ।विश्वका ४५ देशको सहभागिता रहने ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । शनिवारदेखि औपचारिक रूपमा शुरु भएको प्रतियोगिता अक्टोबर ८ सम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here