डुमरवाना,मानव अधिकारका लागि महिला एकल महिला समुहले एकल महिला तथा जेष्ठ नागरिकहरुलाई बिहीबार सम्मान गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ को सहयोगमा वडामा रहेका १ सय ८२ एकल महिला र वृद्धहरुलाई दोसल्ला ओडाएर बिस्कुट र पेयपदार्थ वितरण गरि सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा वडा अध्यक्ष जगन्नाथ घिमिरे वडा सदस्यहरु रुकुमाया तामाङ्ग, बिनिता रेग्मी, पार्बती खतिवडा, देबका पाण्डे एकल महिला समुहकी सुकुमाया तामाङ्ग, मिरा पुरी, एकल महिला समुह बाराका सल्लाहकार बिदुर खडका र नेकपा माओवादीका नेताहरु अनिल श्रेष्ठ, राजन पौडेलको पनि उस्थित रहेको थियो । मिरा पुरीले संञ्चालन गरेको कार्यक्रमको अध्यक्ष्ता बन्दना थापाले गर्नुभएको थियो । नगरका अन्य वडाहरुले एकल महिला समुहलाई खासै सहयोग नगरेको अवस्थामा वडा नम्बर ३ को वडा समितिमा ४ जना महिला सदस्यहरु भएकै कारण सहयोग भएको समुहका मिरा परीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here